• गृहपृष्ठ
  • राष्ट्र बैंकले आज ट्रेजरी बिल बिक्री गर्ने, यस्तो छ प्रकृया

राष्ट्र बैंकले आज ट्रेजरी बिल बिक्री गर्ने, यस्तो छ प्रकृया

Sep 23rd, 2019

काठमाडौं, ६ असोज 
नेपाल राष्ट्र बैंकले ९१ दिने अवधिको लागि ट्रेजरी विल बिक्री गर्दै छ । सरकारले एक वर्ष वा कम अवधिको आन्तरिक उठाउन यो बिल बिक्री गर्न लागेको हो । १० अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल आज बिक्री गरिने बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले आज एक सूचनामार्फत बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो । बैंकका अनुसार ९१ दिने अवधिका लागि चार अर्ब तीन करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ । उक्त बिल आगामी पुस ८ गते परिपक्व हुनेछ ।

यसैगरी १ यस ८२ दिनका लागि चार अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ । सो बिल आगामी चैत ११ गते परिपक्व हुनेछ । ३ यस ६४ दिने अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको टे«जरी बिल बिक्री हुनेछ । त्यसको परिपक्व हुने अवधि आगामी असोज ६ गते रहेको छ । बैंकले यसअघि गत भदौ ३० गते ट्रेजरी बिल बिक्री गरेको थियो ।

के हो ट्रेजरी बिलको अर्थ, किन बिक्री गर्छ सरकारले ?
ट्रेजरी बिल सरकारले आन्तरिक त्रृण उठाउन एक वर्ष वा कम अवधिको लागि प्रयोग गर्ने त्रृणपत्र हो । आन्तरिक स्रोतबाटै अल्पकालिन अवधकिा लागि त्रृण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । २८ दिने ट्रेजरी बिल भने अहिले प्रयोगमा रहेको छैन ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्रि गरिन्छ । निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ । बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ ।

ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् । 

ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ । ट्रेजरी बिलको बोल गर्दा बोल रकमको २.५० प्रतिशत रकम अर्नेष्ट मनी वापत व्यवस्था गर्नु पर्दछ ।