• गृहपृष्ठ
  • दशैं अफर सहित सिटिसी मलमा मोबाइल मेला सुरु, “बाई वान गेट वान फ्रि”

दशैं अफर सहित सिटिसी मलमा मोबाइल मेला सुरु, “बाई वान गेट वान फ्रि”

Sep 22nd, 2019

काठमाडौं, ५ असोज
दशैको बेला उपभोक्तालाई सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्यका साथ सिटिसी मोबाइल हबले सुन्धारामा मोबाइल मेला सुरु भएको छ । विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सुपथ मुल्य र अफरै अफर सहितको मोबाईल मेला आइतबारदेखि सुरु भएको हो । 

मोबाईल मेलामा ६० प्रतिशतसम्म छुटका साथै “बाई वान गेट वान फ्रि” अफर मेलाको आकर्षण बन्नेछ । निःशुल्क पार्किङको व्यवस्था गरिएको मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निशुल्क मोबाइल बीमाको समेत व्यवस्था गरिएको मेला आयोजकले जनाएको छ । यसबाट मोबाइल चोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्रहीले त्यसको समाधान पाउने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए । 

साथै हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निःशुल्क वितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाईल, ३ स्कोर गरे आफुले खरीद गरेको मोबाईलमा ५० प्रतिशत छुट र ४ स्कोर गरे खरीद गरेको  मोबाइल निःशुल्क पाइनेछ । हरेक दिन मेला अवलोकनकर्ता मध्येबाट लक्कि ड्र मार्फत एक जनाले स्मार्ट फोन जित्न सक्ने छन् भने हरेक मोबाईलको खरिदमा ग्राहकले हात खाली नजाने उपहार पाउने छन् । 

सिटिसी मल र विभिन्न मोबाईल कम्पनीहरुको दोहोरो अफरले सेवाग्राही धेरै लाभान्वित हुने विश्वास लिएको मोबाइल हबले जनाएको छ । असोज ५ गतेबाट दशैं, तिहार र छठ कार्तिक १६ सम्ममा मोबाईल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमा सहभागी गराई प्रथम पुरस्कार स्वरुप यामाहा को रे जेट आर स्कूटर प्रदान गरिनेछ । 

दोस्रो पुरस्कारमा एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा लाप्टप वितरण गरिनेछ । मोबाइल मेला दशैंको पूmलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कार्तिक १६ गतेसम्म लागू हुनेछन् । मेलामा सामसुङ, एप्पल, एम आई, ओप्पो, हुवावे, भिभो, रियलमी, वान प्लस, अनर, ब्ल्याक बेरी , ईकोटेल लगायत ब्राण्डका ६५० रुपैयाँदेखि २ लाख १५ हजार मूल्यका मोबाइल उपलब्ध हुनेछन् ।

नेपालमै पहिलो पटक सबै भन्दा धेरै ब्राण्डका मोबाइलहरु एउटै स्टोरमा उपलब्ध गराएको सिटिसी मोबाइल हबले रिचार्जर एपसँगको सहकार्यमा मोबाईल, क्यामरा, ल्यापटप, घरायसी सामान किस्ताबन्दीमा उपलब्ध गराउनेछ । यसका लागि रिचार्जरको मोबाइल एप डाउनलोड गरी ६ महिनादेखि १८ महिनासम्मको किस्ताबन्दीमा सामान खरिद गर्न सकिने जनाएको छ ।  

हरेक ब्राण्डका मोबाइल एक्सेसरीजको साथमा एक्सचेन्ज अफर, ६० मिनेटमा मर्मत सेवा, उपलब्ध हुनेछ । मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल र ताम्राकार कम्प्लेक्सको सिटिभी मोबाईलबाट पनि उल्लेखित अफरमा मोबाइल खरिद गर्न सकिन्छ । मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांस ब्राण्डका ल्यापटप, क्यामेरा, टेलिभिजनका लागि पनि सिटिसी उचित गन्तव्य बन्ने मोबाइल हबले जनाएको छ ।