• गृहपृष्ठ
  • सिटी एक्सप्रेस, मेगा बैंक र नेशनल कमर्सियल बैंक, क्वीक पेबिच रेमिटान्स कारोबार सुरु

सिटी एक्सप्रेस, मेगा बैंक र नेशनल कमर्सियल बैंक, क्वीक पेबिच रेमिटान्स कारोबार सुरु

Sep 22nd, 2019

काठमाडौं, ५ असोज
सिटी एक्सप्रेस मनी ट्रान्सफर र मेगा बैंकको सहकार्यमा साउदी अरबको ख्याति प्राप्त बैंक नेशनल कमर्सियल बैंक, क्वीक पे बिच रेमिटान्स कारोबार सुरु भएको छ । क्वीक पे को ३७७० एटिएमका  साथै ४०० भन्दा बढि रेमिटान्स सेन्टरहरुबाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको कुनै पनि ७००० भन्दा बढि एजेन्टहरु र मेगा बैंकको १०२ ब्रान्चहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने कम्पनीले जनाएको छ ।

नेशनल कमर्सियल बैंकको उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा नयाँ प्रविधि र बृहत बजार रणनीतिको साथ अगाडी बढ्ने बताएका छन् । रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ७००० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको सिटी एक्सप्रेसले जनाएको छ ।