• गृहपृष्ठ
  • नेपाल इन्भेष्टमेन्ट बैंंक र इ–सेवाबिच सम्झौता

नेपाल इन्भेष्टमेन्ट बैंंक र इ–सेवाबिच सम्झौता

Sep 22nd, 2019

काठमाडौं, ५ असोज
नेपालको पहिलो पेमेन्ट गेटवे इ–सेवा फोन पे प्रा.लि र नेपाल इन्भेष्टमेन्ट बैंकबीच अनलाइन भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अब नेपाल इन्भेष्टमेन्ट बैंकबाट इ–सेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाहरूको सहजै भुक्तानी गर्न सकिनेछ । 

ग्राहकहरूले बैंकको इन्टरनेट बैंकिङ तथा कुनैपनि शाखा मार्फत सहजै इसेवामा रकम लोड गर्न सक्नेछन् भने इ–सेवा खातामा भएको रकम पनि सिधै बैंकमा जम्मा गर्न सक्नेछन् । इसेवाबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइ जहाज तथा बसको टिकट, विद्यालय÷क्याम्पस को शुल्क भुक्तानी, होटेल र रेष्टुरेण्टको बिल भुक्तानी लगायत विभिन्न सुविधा उपभोग गर्न सकिने कम्पनीले जनाएको छ । 

पछिल्लो समयमा इ–सेवाले क्युआर कोड मार्फत गरिने भुक्तानीलाई प्रवद्र्धन गरिरहेको छ । हाल इ–सेवामा ५५ हजार क्युआर मर्चेन्ट आबद्ध भइसकेका छन् भने क्युआर कोडमा इसेवाले आकर्षक क्यास ब्याक तथा छुटको व्यवस्था समेत गरेको छ । अबदेखि नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकले इ–सेवामा पैसा लोड गरी सजिलै क्युआर कोडको सुविधा पनि लिन सक्नेछन् । 

इ–सेवामा हाल ५५ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । यी बैंक तथा वित्तीय संस्थाबाट इ–सेवामा सहजै रकम जम्मा गर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल इ–सेवाका ग्राहक २५ लाख भन्दा बढी पुगीसकेका छन् र यो संख्या निरन्तर बढ्ने क्रममा रहेको कम्पनीले जनाएको छ । देशभर रहेका इ सेवाका साठी हजार भन्दा बढी एजेन्ट मार्फत ७५ लाख भन्दाबढिले इसेवाका सेवाहरु लिइरहेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले ८२ शाखा, १२० एटीएम, १५ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५४ शाखारहित बैंकिङ काउन्टरमार्फत आफ्नो सेवा पु¥याउँदै आएको छ । बैंकले सेवा र व्यवसायमा उदाहरणीय कार्य गरेबापत पाँच पटक ‘बैंक अफ द इयर’ अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीद्वारा ‘युरोमनी अवार्ड फर द बेस्ट बैंक २०१८’ अवार्डद्वारा समेत बैंक सम्मानित भइसकेको छ । यसका साथै इक्रा नेपाल (इन्टरनेसनल क्रेडिट रेटिङ एजेन्सी–नेपाल)ले बैंकलाई ए प्लसको क्रेडिट रेटिङ गरेको बैंकले जनाएकाे छ ।