• गृहपृष्ठ
  • एकल राज्यलाई अस्विकार गरेकोले जारी संविधान उत्किृष्ट

एकल राज्यलाई अस्विकार गरेकोले जारी संविधान उत्किृष्ट

Sep 21st, 2019

ललितपुर, ४ असाेज

९८  प्रतिशत जनप्रतिनिधिद्धारा हस्ताक्षरित २०७३ मा जारी संविधान विश्वकै सर्वाेत्किृष्ट मध्ये भएको दाबी गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ललितपुरद्धारा शुक्रवार संविधान दिवसको अवसारमा आयोजित एक विचार गोष्ठीमा सो विचार व्यक्त गरिएको हो । नेकपा स्थायीका सदस्य तथा पुर्व मन्त्री भिम रावलले गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेसिता सहितको संघियताको मुल मर्म भएको स्पष्ट पार्दै  नेता रावलले कसैले जातिय राज्य, हिन्दु सापेक्ष धर्म सहितको राजतन्त्र नै चाहेपनि दुई तिहाई बहुमतको आधारमा संविधान संसोधन गर्न पाईने भएको कारण जारी संविधान मुलुककै सर्वोत्किृष्ट रहेको स्पष्ट पार्नुभयो । 

नेता रावलले रातो चन्द्र सुर्य युक्त तीनकोणीय राष्ट्रिय झण्डा, दौरा, सुरुवाल, कोट, टोपि नेपालको पहिचान भएको स्पष्ट पार्दै  नेता रावलले एकल जातिय, भाषिक, धार्मिक, सांस्कृतिक र राजनितिक संविधानलाई जनताले बहिष्कार गरिसकेको स्पष्ट पार्नु भयो । उहाँले जनताको लागि जनताको संविधानलाई जीवित राखिराख्ने हो भने जनभावना अनुरुपको  कानुन निर्माण गरी जनप्रतिनिधिले वहुजन हिताय, बहुजन सुखायको कर्म गर्दै जनुपर्नेमा जोड दिनुभयो ।

ललितपुर नेकपा अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले जारी संविधान कसैको दयामाँया र निगाहाबाट नभई लामो त्याग, संर्घष र वलिदानबाट प्राप्त उपलब्धी भएकोले यो संविधानलाई जनभावना अनुरुप कार्यान्वयन गर्दै लान नेतृत्व वर्ग संधै सचेत भैरहनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष व्यञ्जनकारले हिजो लाटो बुङगो जे जस्तोभएपनि राजाको छोरो राजानै हुने, त्यसले जारी गरेको कानून मान्नैपर्ने वाध्यताबाट अब जनताको सन्तान राष्ट्रको प्रमुख हुने कानुन भन्दा माथि कोहि नरहने स्थिति सम्म पुर्याएको स्पष्ट पार्दै अव आफनो पार्टी नेतृत्वलाई  बचाई राख्न पनि जनभावना अनुरुप कार्य गर्न संविधानले ग्यरण्टि गरेको दाबी गर्नुभयो । 

सभासद पम्फा भुषाल, कृष्णलाल महर्जनलगायत नेताहरुको सहभागितामा आयोजित संविधान विषयक छलफल कार्यक्रममा संविधानविद तथा सभासद रामनारायण विडारीले प्रमुख बक्ताको रुपमा विचार राख्दै भन्नुभयो, विश्वका दुई सयवटै देशमा विबाद रहित संविधान कतै नरहेको दाबी गर्दै ९८ प्रतिशत जनप्रतिनिधिहरुको हस्ताक्षरमा जारी भएको संविधान नेपालको मात्र भएको स्पष्ट पार्नुभयो ।

उहाँले ७० वर्ष अगाडि थालिएको संविधान सभाको दोस्रो संविधानसभा पछि जारी संविधान कार्यान्वयनमा केहि कानुन निर्माणमा  कठिन भएपनि यो प्रकृया अनन्तकाल सम्म जारी रहने हुँदा अहिले नै अत्तालिहाल्नु नपर्नेमा संविधानविद विडारीले स्पष्ट पार्नुभयो । सो कार्यक्रममा जारी संविधानको पहिलो श्रृगार संविधानमा सुधार, थपघट परिवतन जहिले पनि गर्न सकिने प्रावधान राखिनु नै भएको स्पष्ट पारिएको थियो भने जनताको सन्तान राष्ट्रप्रमुख हुन पाउने दोस्रो उपलब्धी, राष्ट्रप्रमुखले पनि नकाम गरे कार्यवाहि वा फिर्ता बोलाउन सक्ने व्यवस्था, उत्पिडित मात्र होईन उत्पिडकले पनि आफनो कुरा राख्न पाउने ब्यवस्था हुनु, समाचार लेखेकै कारणले संचारकर्मीलाई जेलनेल वा दर्ता खारेजी जस्ता कानून नबनाईएको कारण यो संविधान उत्किृष्ट संविधान भएको दाबी विडारीको थियो । तर संघ, प्रदेश र स्थानिय तीनै तहको सरकार स्व्तन्त्र र स्वायत्त भएरपनि कानुन बनाएर कार्यान्वयनमा ढिलाईको कारण थुप्रै भ्रमभने रहेको बताउनुभयो ।