• गृहपृष्ठ
  • संविधान दिवस २०७६ को अवसरमा आयोजित विविध कार्यक्रममा नेपाल प्रहरी सरिक

संविधान दिवस २०७६ को अवसरमा आयोजित विविध कार्यक्रममा नेपाल प्रहरी सरिक

Sep 21st, 2019

काठमाडौं, ४ असोज

संविधान दिवस २०७६ को अवसरमा काठमाडौं टुडिखेलमा शुक्रबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी विविध प्रस्तुतीका साथ सरिक भएको छ ।

उक्त समारोहमा नेपाल प्रहरीबाट ट्राफिक प्रहरी, महिला प्रहरी, सशस्त्र प्रहरी, भिड नियन्त्रण प्रहरी लगायतका प्रहरी टोलीद्वारा  परेड प्रदर्शन गर्नुका साथै कौडा नाचसमेत प्रस्तुत गरिएको थियो । समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

साथै संविधान दिवस २०७६ को अवसरमा नेपाल प्रहरीले देशभरि नै विभिन्न युनिटहरूमा प्रभातफेरि, वृक्षारोपण तथा सरसफाई कार्यक्रम लगायत विविध गतिविधि सम्पन्न गरेको छ । सो अवसरमा प्रहरी कार्यालयहरुद्वारा स्थानीय तहका प्रतिनिधि, स्थानीय बासिन्दा, विभिन्न संघसंस्थाका पदाधिकारीहरु, युवा समूह, बिभिन्न बिद्यालयका शिक्षकरशिक्षिका‚ बिद्यार्थी‚ खेलाडी‚ संचारकर्मी‚ नागरिक समाजका अगुवा लगायतको सहभागितामा प्रभातफेरी सहितको र्यािली संचालन गरिएको थियो ।

यसैगरी संविधान दिवस २०७६ को अवसरमा नेपाल प्रहरी श्रीमती संघले काठमाडौं बसन्तपुर डबलीमा शुक्रबार दीप प्रज्वलन कार्यक्रममा सम्पन्न गरेको छ ।