• गृहपृष्ठ
  • विगतका फोटोप्रति क्यानडाका प्रधानमन्त्रीद्वारा क्षमायाचना

विगतका फोटोप्रति क्यानडाका प्रधानमन्त्रीद्वारा क्षमायाचना

Sep 21st, 2019

ओटावा,४ असोज  (रासस/सिन्ह्वा)

क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुुडोले विगतका फोटोहरूप्रति क्षमायाचना गर्नुभएको छ ।

लिवरल पार्टीका नेतासमेत रहनुभएका ट्रुडोले निर्वाचन नजिकिदै गर्दा बिहीबार पुरानो फोटोलाई लिएर क्षमा याचना गर्नुपरेको हो । 

क्यानडामा अर्को महिना आम निर्वाचन हुन लागेको छ । उहाँ त्यस निर्वाचनपछि दोस्रो कार्यकाल सम्हाल्ने तयारीमा हुनुहुन्छ ।   

उहाँको पुरानो फोटोले उहाँले अहिले तानवमा पार्नुका साथै नैतिक दवावमा समेत पारेको समाचारमा जनाइएको छ । 

उहाँ २०–२१ वर्षको हुँदा खिचिएका तस्बिर हाल सार्वजनिक भएका छन् र त्यसमा उहाँले अनुहार तथा हातमा कालो रंग पोतेको देखिएको छ ।

ट्रूडोको त्यो फोटोले उहाँ विगतमा रंगभेदी हुनुहुन्थ्यो भन्ने पुष्टि गरेको विपक्षीको आरोप छ । त्यही फोटोलाई लिएर विपक्षीहरूले उहाँका विरुद्धमा चुनावी माहौल तयार पार्ने प्रयास गरेका छन् ।

उहाँले आफ्नो विद्यार्थीकालमा अभिनयका लागि ‘बिषयबस्तु’ को रुपमा प्रयोग गरेको स्वरुपलाई विपक्षीहरुले दुरुपयोग गरेको उहाँको भनाई छ । 

उहाँले यस्ता तस्वीर अरु पनि हुन सक्ने र त्यसबाट आफूलाई लज्जित बनाएको पनि बताउनु भएको छ । तर तस्वीरमा देखिएजस्तो र व्याख्या गरिएजस्तो रंगभेदी आपूु नभएको उहाँको दावी छ । 

उहाँले सन् २०१५ मा प्रधानमन्त्रीका रुपमा शपथ लिएपछि आफ्नो मन्त्रीमण्डलमा आधा महिला, तीनजना शिख समुदायका व्यक्ति तथा दुईजना आदिबासी समुदायका व्यक्तिलाई समावेश गर्नु भएको थियो ।