• गृहपृष्ठ
  • यौन दुव्र्यवहारको आरोपमा पूर्वमन्त्री चिनमायानन्द पक्राउ

यौन दुव्र्यवहारको आरोपमा पूर्वमन्त्री चिनमायानन्द पक्राउ

Sep 21st, 2019

शाहजाहनपुर, उत्तर प्रदेश,४ असोज  (रासस/एएन्आई)

युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई गिरफ्तार गरिएको छ । 
 
भारतीय जनता पार्टीका नेता स्वामी चिनमायानन्दलाई उत्तर प्रदेशकी एक विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको हो । 

“चिनमायानन्दलाई उहाँकै घरबाट पक्राउ गरिएको छ, उहाँको स्वास्थ्य अवस्था गम्भीर छ,” चिनमायानन्दका वकिल पूजा सिंहले भन्नुभयो ।

“उहाँलाई अहिले चिकित्सकको निगरानीमा राखिएको थियो । म उहाँको वकिल भएपनि मलाई उहाँसँग भेट्न दिइएको छैन ।”

पक्राउ गरेपछि चिनमायानन्दलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । “उहाँलाई नियमितरूपमा स्वास्थ्य परीक्षणका लागि ल्याउने गरिएको छ,” एक चिकित्सकले भने ।