• गृहपृष्ठ
  • संविधान दिवसको अवसरमा ग्लोबल आइएमई बैंकको वृक्षारोपण

संविधान दिवसको अवसरमा ग्लोबल आइएमई बैंकको वृक्षारोपण

Sep 20th, 2019

काठमाडौं, ३ असोज
ग्लोबल आइएमई बैंकले संविधान दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौंको पानीपोखरी देखि महाराजगंजसम्मको सडक पेटिका विभिन्न स्थानमा करिब दुई सय रुखका विरुवा रोपेको हो ।

कार्यक्रममा का.म.न.पा. वडा नं. ३ का अध्यक्ष दिपक केसी, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, सहायक महाप्रबन्धकहरु सुरेन्द्र रेग्मी र आरती राज्यलक्ष्मी राणा लगायत पदाधिकारी, बैंकका अन्यकर्मचारी र स्थानीयवासीको सहभागिता रहेको थियो । 

साथै संविधान दिवस कै अवसरमा आयोजित ¥यालीमा पनि सहभागिता जनाएको छ । ¥याली बैंकको कर्पोेरेट कार्यालय देखिसुरु भई टुँडिखेलमा नेपाल सरकारद्वारा आयोजित कार्यक्रममा पुगेर विर्सजन भएको बैंकले जनाएको छ । यस सँगै बैंकका मुख्य शाखाहरुमा दीपावली पनि गरिएको छ । यसका साथै उपत्यका बाहिर रहेका शाखाहरुले पनि संविधान दिवसको अवसरमा वृक्षारोपण, वित्तीय साक्षारता तथा दीपावलीका कार्यक्रमहरु आयोजना गरेको बैंकले जनाएको छ ।