• गृहपृष्ठ
  • कामना सेवाले गर्यो संविधान दिवसको अवसरमा सरसफाई अभियान

कामना सेवाले गर्यो संविधान दिवसको अवसरमा सरसफाई अभियान

Sep 20th, 2019

काठमाडौं, ३ असोज 
“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा आफ्नो केन्द्रीय कार्यालय सहित देशभर रहेका ९९ वटै शाखा कार्यालय मार्पmत कामना सेवा सरसफाई अभियान, २०७६ आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत गरिएको यस अभियानलेसरसफाई रस्वच्छ वातावरणको महत्व र अपरिहार्यता बारे जनचेतना ल्याउने विश्वास लिएको बैंकले जनाएको छ । संविधान दिवस २०७६ को अवसरमा बैंकद्धारा ओडी कार्ड सेवाको शुभारम्भ गर्नुका साथै सम्पूर्ण कर्मचारीबीच संविधान दिवस विशेष रङ्गगोली प्रतियोयिता समेत आयोजना गरिएको थियो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९९ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोवाईल बैकिङ, सि आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जान योजना रहेको बैंकले जनाएको छ ।