• गृहपृष्ठ
  • कामना सेवा र बि.ओ.के. क्यापिटलबिच सम्झौता

कामना सेवा र बि.ओ.के. क्यापिटलबिच सम्झौता

Sep 20th, 2019

काठमाडौं, ३ असोज
कामना सेवा विकास बैंक लिमिटेड र बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडबिच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार कामना सेवा विकास बैंक लिमिटेडको शेयर सम्बन्धी कार्य (शेयर सम्बन्धी कारोवारको रेकर्ड राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु) बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड, कमलादी, काठमाडौंबाट हुनेछ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश प्रसाद खतिवडाले हस्ताक्षर गरेका छन् ।  

काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा ९९ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोवाईल बैंकिङ, सिआस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षरुपमा आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।