कामना सेवाकोे ओडी कार्ड सेवा शुभारम्भ

Sep 20th, 2019

काठमाडौं, ३ असोज
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवाविस्तार गर्दै जाने क्रमममा ओडी (ओभर ड्राफ्ट) कार्ड सुविधा सञ्चानमा ल्याएको छ । बैंकका अनुसार यही असोज दुई गते बिहिबार बाट उक्त कार्ड सेवा सञ्चालनमा ल्याईएको हो । बैंकका संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

प्रमुख कार्यकारी अधिकृत बस्नेततले ओडी कार्डको महत्व र यसबाट ग्राहकहरुले प्राप्त गर्न सक्ने सुविधा र फाइदाका बारेमा प्रकाश पार्दै अब उपरान्त बैंकका ग्राहकहरुले उक्त ओडी कार्ड प्रयोग गरि उपलब्ध सीमासम्मको रकम झिक्न सक्नुका साथै सामान खरिद गर्दा पनि कार्ड प्रयोग गर्न सक्ने बताए । साथै, ओडी कार्ड सुविधाको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउन सकिने समेत उल्लेख गरे । 

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९९ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, इन्टरनेट बैंकिङ, मोवाईल बैंकिङ, सि आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षरुपमा आफ्ना सेवाहरु थप गर्दै जाने  योजना रहेको बैंकले जनाएकाे छ ।