• गृहपृष्ठ
  • एनआईसी एशिया र लोकसेवा आयोगबिच सम्झौता

एनआईसी एशिया र लोकसेवा आयोगबिच सम्झौता

Sep 20th, 2019

काठमाडौं, ३ असोज
एनआईसी एशिया बैंक लिमिटेड र लोकसेवा आयोगबिच सम्झौता भएको छ । दुुबै निकायका प्र्रमुुखहरुबिच लोकसेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुरबापतको राजस्वएनआईसी एशिया बैंकमार्फत् संकलन गर्ने सम्झौता भएको हो । 

सम्झौताअनुसार लोकसेवा आयोगको परीक्षार्थीहरूले अबदेखि एनआईसी एशिया बैंकको देशभर रहेका दुई सय ९८ कार्यालयहरू र ७० वटा एक्स्टेन्सन काउन्टरहरूबाट आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दस्तुर बुझाउन सक्नेछन् । सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र लोकसेवा आयोगको तर्फबाट सहसचिव जनकराम शर्मा बरालले हस्ताक्षर गरेका छन् । 

सम्झौतासँगै देशभर अधिकतम शाखा सञ्जाल रहेको यस बैंकबाट लोकसेवा आयोगको परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरूलाई दस्तुर भुक्तानी प्रक्रिया सहज हुने विश्वास बैंकले लिएको छ । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर दुई सय ९८ शाखा कार्यालयहरू, तीन सय ५९ एटीएम, ७० वटा एक्स्टेन्सन काउन्टर एवम् ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।करिब १८ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । 

उत्तरदायी बैकिंङको अभ्यास गर्दै आएको एनआईसीले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब तीन अर्ब १५ करोड रूपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जानकारी दिएको छ ।