• गृहपृष्ठ
  • विप्लपुरुष चन्द्रबहादुर थापा स्मृतिग्रन्थ लोकार्पण

विप्लपुरुष चन्द्रबहादुर थापा स्मृतिग्रन्थ लोकार्पण

Sep 20th, 2019

काठमाडौं, चैत्र ५ गते 
नेपालका प्रथम महालेखापरीक्षक चन्द्रबाहादुर थापाको स्मृतिग्रन्थ विप्लपुरुष चन्द्रबहादुर थापा को मंगलवार एक कार्यक्रम विच लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा भएको उक्त कार्यक्रममा ग्रन्थको लोकार्पण प्रमुख अतिथि माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा र विशिष्ट अतिथि माननीय कुलपति श्री गंगाप्रसाद उप्रेतीले संयुक्तरुपमा गर्नु भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि टंकमणि शर्माले तात्कालीन शाशकीय व्यवस्था, लेखापरीक्षणको शुरुवाती स्थिति र विधि तथा पद्दतिको अभावमा समेत लेखापरीक्षणको स्वतन्त्रता सम्बन्धमा स्पष्ट अडानसहित लेखापरीक्षणबाट निस्केका नतिजाहरु निर्भिकताका साथ राष्ट्रप्रमुख समक्ष पेश गर्ने उहाँको अदम्य साहस र भूमिका प्रशंशनीय छ भन्नु भएको थियो साथै लेखापरीक्षण मार्पmत सुधारका कार्यमा उहाँले देखाउनुभएको साहस र भूमिका हाम्रा लागि सदैव प्रेरणाको स्रोत बनिरहने कुरामा म लगायत महालेखापरीक्षक कार्यालयका सम्पूर्ण विश्वस्त रहेका छौँ भन्दै आफू प्रथम महालेखा परीक्षक थापाले स्थापित गर्नुभएको पद्धतिलाई अँगाली उहाँकै मार्गमा हिँडिरहेको बताउनु भयो ।  थापा नेपालको पहिलो महालेखापरीक्षक र म संघीय गणतान्त्रिक व्यवस्थाको पहिलो महालेखापरीक्षक भएको छु भन्दै उहाँ जुन साल  महालेखापरीक्षक हुनुभयो त्यही साल मेरो जन्म हुनु सुखद संयोग भएको कुरा बताउनु भयो । थापाले उस वेला तयार पारेको प्रतिवेदन र हाल मैले तयार पार्ने प्रतिवेदन उस्तै रहेको, त्यसबेला सरकारी साइकल, मोटरसाइकल बेरुजु हुन्थ्यो भने अहिलेको अवस्थामा प्राडो, हेलिकोप्टरको बेरुजु हुने बताउँदै यस विप्लपुरुष चन्द्रबहादुर थापा स्मृति ग्रन्थ आम नेपालीका लागि मार्गदर्शक बन्ने कुरा बताउनु भएको थियो ।  
कार्यक्रममा ग्रन्थको समीक्षा गर्दै साहित्यकार एवं नायव महालेखापरीक्षक दामोदर पुडासैनीले नेपालका प्रथम महालेखा परीक्षकका विषयमा आधारित यस ऐतिहासिक ग्रन्थ विप्लपुरुष चन्द्रबहादुर थापा वर्तमान महालेखापरीक्षक बाट लोकार्पण हुनु नै महत्वपूर्ण भएको जानकारी गराउँदै यस ग्रन्थबाट चन्द्रबहादुर थापाका विषयमा वर्तमान आम पिँढीले शिक्षा लिने र उहाँको मार्गदर्शनमा हिँड्न प्रेरणा मिल्ने बताउनु भयो  । ५२ वर्ष अघि निधन भएका थापाको विषयमा लेखिएको यस ग्रन्थ निष्पक्षतामा आधारित रहेको कुरा ग्रन्थमा संग्रहीत केही उहाँका विरुद्धमा लेखिएका लेखहरुले पनि स्पष्ट पारेको कार्यक्रममा बताइएको छ  । रामायणलाई छोटकरी रामायणको रुपमा पुस्तकसमेत प्रकाशन गर्नु भएका थापा नेपाली साहित्यिक क्षेत्रमा उत्तिकै योगदान गर्नु भएका व्यक्तिको साथै  प्रस्तुत ग्रन्थ प्रकाशन नेपाली बाङमय क्षेत्रमा कोशेढुंगा सावित भएको कुरा बताइएको छ । 
कार्यक्रमका विशिष्ठ अतिथि माननीय कुलपति गंगाप्रसाद उप्रेतीले चन्द्रबहादुर थापाको योगदान र उहाँले  गर्नु भएका कामहरु हामी सबैका लागि प्रेरणादायी भएको कुरा बताउँदै विप्लपुरुष चन्द्रबहादुर थापा स्मृति ग्रन्थले चन्द्रसमान उज्यालो छर्नेमा आफू विश्वस्त रहेको कुरा बताउनु भएको थियो ।
ग्रन्थका सम्पादक रमेश दाहालले विकृति र विसंगतिका एन्टिवायोटिक, निर्भीक, निष्ठाका नायक एवं जीवनपर्यन्त नेपाल राष्ट्रको पहरेदारको रुपमा रहनु भएका  चन्द्रबहादुर थापालाई यस ग्रन्थमार्फत विप्लपुरुषको संज्ञा दिइएको र आज उपरान्त उहाँ विप्लपुरुष चन्द्रबहादुर थापाका नामले चिनिने बताउँदै यो उपमा उहाँकै व्यक्तित्वले सिर्जना गरेको बताउनु भयो । सम्पादनका क्रममा ग्रन्थलाई सिँगार्न कुनै  पनि कसर बाँकी नराखेको र थापाको जीवनवृत्तान्त देखि विभिन्न आठ खण्डमा विभिन्न व्यक्तित्वका लेखहरु र थापाको वंशावलीसमेत रहेको हुँदा यस ग्रन्थ पूर्ण स्मृतिग्रन्थको रुपमा प्रकाशन भएको कुरा दावी गर्नु भएको छ । करिब एक वर्षभन्दा अघिदेखि आफूले सम्पादनको कार्य थालेको विप्लपुरुष चन्द्रबहादुर थापा ग्रन्थ अत्यन्त पठनीय भएको र विकृति र विसंगतीले ग्रस्त अहिलेको परिस्थितिमा ग्रन्थ मार्गदर्शक बन्ने बताउनु भयो । 
 कार्यक्रमका अतिथि प्रथम गभर्नर हिमालय शमशेर जबराले चन्द्रबहादुर थापासँग एउटै कार्यकालमा रहँदा उहाँले गर्नुभएको उदाहरणीय कार्यको स्मरण गर्दै थापा जुनसुकै क्षेत्रमा पनि अब्बल रहेको कुरा बताउनु भयो । 
कार्यक्रममा स्वागत मन्तव्य दिँदै चन्द्रबहादुर थापाका नाति डा. बिजयकुमार थापाले ग्रन्थ प्रकाशन गर्नुको मूल उद्देश्यको बारेमा जानकारी दिदै उहाँको नाममा स्मृति प्रतिष्ठान खडा गरी उहाँ प्रथम महालेखापरीक्षक भएका कारण उक्त प्रतिष्ठानबाट बर्ष वेस्ट अडिटरलाई पुरस्कार स्थापना गर्ने योजना रहेको कुरा बताउनु भएको छ । 
कार्यक्रममा भगवतीदाश श्रेष्ठ, श्रीनाथ पल्टनका तर्फबाट सहायक रथी –अवकाश) गणेशबहादुर भण्डारी, डा. नाराण कुँवर, पूर्वसचिव युवराज भुसाललगायतका बक्ताहरुले ग्रन्थको बारेमा चर्चा गर्दै चन्द्रबहादुर थापाको बारेमा मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्राध्यापक रामप्रसाद दाहालले संचालन गरेको उक्त कार्यक्रमका सभापति प्रा.डा.पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले ग्रन्थ प्रकाशनका लागि गरिएका कार्यहरुको चर्चा गर्दै थापाका परिवारले विप्लपुरुष चन्द्रबहादुर थापाका नामबाट गरिनु पर्ने सामाजिक कार्यमा कुनै पनि कसर बाँकी नराख्ने कुरा बताउँदै  यस ग्रन्थ आम पाठकहरुका लागि होमवर्क भएको कुरा बताउनु भयो ।
 चन्द्रबाहादुर थापा नेपाली इतिहासमा श्रीनाथ पल्टनको लेफ्टिनेन्टदेखि विभिन्न सरकारी निकायको उच्च पद तथा पहिलो चिफ सेक्रेटरी (मुख्य सचिव) लगायत नेपालका प्रथम महालेखापरीक्षक हुनुन्थ्यो ।