• गृहपृष्ठ
  • संस्कृतिविद् सत्यमोहन जोशीलाइ अन्तराष्ट्रिय लोकसाहित्य पुरस्कार

संस्कृतिविद् सत्यमोहन जोशीलाइ अन्तराष्ट्रिय लोकसाहित्य पुरस्कार

Sep 20th, 2019

काठमाण्डौ, २८ फागुन 
    वरिष्ठ लोक साहित्य , सस्कृतिविद् तथा तिन पटक मदन पुरस्कार  विजेता  सत्यमोहन जोशी अन्तराष्ट्रिय लोक सहित्य पुरस्कार २०७५ बाट सम्मानित हुनु भएको छ । कालीभक्त–कृष्ण पन्त स्मृति प्रतिष्ठानले मंगलवार काठमाण्डौमा गरेको एक कार्यक्रमको विचमा उहाँलाइ सम्मान गरेको हो । 

सोहि कार्यक्रममा सहित्यकार महेश्वर पन्तको ‘नबोल्नेहरु’ कथा सङग्रहको लोकार्पण भएको छ ।

उक्त कृति माथि समिक्षा गर्दै कथाकार तथा समालोचक राजकुमार बानियाले कथा सङग्रहका सबै कथाले सन्देश दिएको जिकीर गर्नु भयो । त्यसैगरि साहित्यकार तथा कवि किशोर पहाडीले कथामा भएका त्रुटि औल्याउनुको साथै समयक्रम सँगै नेपाली कथा र साहित्यमा परिवर्तन आइरहेको बताउनु भएको थियो । 
कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले राज्यले सहित्यकारहरुलाइ चिन्न नसकेको अवस्थामा आयोजकले वरिष्ठ लोक साहित्यकारलाइ सम्मान दिएकोमा  धन्यवाद व्यक्त गर्दै विदेशमा बस्ने नेपाली साहित्यकारहरुको संरक्षण गर्न गैर आवासीय नेपाली संघसँग सहकार्य भएको बताउनु भयो । 
त्यसैगरि सन २०१८ मा अमेरिकाको बोस्टनमा भएको अन्तराष्ट्रिय कविता महोत्सवका विजेताहरुलाइ प्रमाणपत्रको साथै नगद प्रदान गरिएको थियो । 
कार्यक्रममा साहित्यकार महेश्वर पन्तले कालीभक्त–कृष्ण पन्त स्मृति प्रतिष्ठानबाट अन्तराष्ट्रिय लोक साहित्य पुरस्कार प्रदान गरेको यो पहिलो पटक भएको जानकारी दिनुको साथै अब हरे दुइ वर्षमा पुरस्कार दिने घोषणा गर्नु भयो । उक्त पुरस्कारको धनराशी एकलाख एक हजार रहेको छ ।