शोककाव्यको लोकार्पण सम्पन्न

Sep 20th, 2019

काठमाण्डु, २६ फागुन 
          कवि तथा साहित्यकार राजकुमारी खरेलको शोककाव्य ‘त्यसपछि फर्किनन आमा’ को आइतबार लोकार्पण भएको छ । 
लोकार्पण कार्यक्रमलाइ सम्बोधन गर्दै कृृष्ण प्रसाद खरेलले,  आमा नहुदाँको पिडा असहनिय हुने बताउदै आमाको शोकमा लेखिएको उक्त काव्यलाइ शुभकामना दिनु भयो । 
त्यसैगरि कवि दुर्गा रिमालले आमाको मर्म स्पर्सि कविता वाचन गर्नु भएको थियो । 
सोहि कार्यक्रमका अर्का वक्ता तथा मानव अधिकारकर्मी भवानी प्रसाद खरेलले , आमा बुवाको माया अमर हुने भएकोले सहित्यकार खरेलले आमा प्रति देखाएको मातृ भावनाको कदर गर्दै शोक काब्यमा भएका केहि कमि कमजोरीलाइ उठान गर्नुको साथै हरेक सन्ततीमा मातृ भावना हुनु पर्ने बताउनु भएको थियो । 
कार्यक्रमका सभापति तथा  भाषा विज्ञ डाक्टर बलदेव अधिकारी गाउँलेले , आमाको महाप्रस्थानमा छोरीद्वारा लेखिएको उक्त शोक काब्यलाइ कदर गर्दै  छोरीले आमा जन्माएको कुरालाइ प्रष्ट पार्नु भएको थियो । साथै उहाँले आफु नेपाली भाषा बचाउ आन्दोलनमा लागेको कारण सबैलाइ आ आफ्नो स्थानबाट जन्मस्थान , धर्ती र भाषा जोगाउन आह््वान गर्नु भयो । 
कार्यक्रमका प्रमुख अतिथी कवि प्रभा भट्टराइले नारी स्रष्टाको हातबाट काव्य निस्केकोमा खुशि व्यक्त गर्दै मातृभावनाबाट ओतप्रोत उक्त काव्यको शब्द शब्दले आफुलाइ छोएको कुरा व्यक्त गर्नु भयो । 
संङखुवासभाको बा¥हविसे अर्लैचेमा आमा कौशिला खरेल र पिता गोपिकृष्ण खरेलको कोखबाट जन्मिएकी राजकुमारी खरेलले आमाको मृत्यु पश्चात शोक काव्य लेख्नु भएको हो । उक्त शोक काव्यको  प्रकाशक कमल प्रसाद खरेलले गर्नु भएको छ