महिला कथामा नारी चिन्तन

Sep 20th, 2019

काठमाण्डौ 
२१ फागुन           

 १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठान तथा गुञ्जनको संयुक्त आयोजनामा मंगलवार प्रज्ञा भवनमा नेपाली महिला कथामा नारी चिन्तन विषय गोष्ठी गरिएको छ । 
कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुंगले महिलाहरुलाइ शास्त्रले दबाएको हैन व्यक्तिले दबाएका कारण नारी जागरणमा असर परेको बताउनु भयो  । यसैगरि वरिष्ठ समाजसेवी भद्रा घलले आफु महिला संगठनमा हुँदा तराइमा महिलाहरुमाथि भएको यातनाको पिडा सुनेर लेख लेखेको थिए तर त्यसमा कसैले पनि टिप्पणी नगरेको जानकारी दिनु  भयो । हिरण्यकुमारी पाठकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा डा.उषा ठकुरी , डा. विन्दु शर्मा टिप्पणीकार , डा. माया ठकुरी र कुमारी लामा लगायतको उपस्थिीती थियो । 
सो कार्यक्रममा २०६३ साल देखि २०७५ सालसम्म महिलाको कथामा नारी चिन्तन कार्यपत्र प्रस्तुत गरिएको थियो ।