सडक निर्माणको दायित्व कसको ?

Sep 20th, 2019

आधारभूमि संवाददाता
ललितपुर, ३ असोज

ललितपुर महानगरसँगै जोडिएको टिकाथली–ग्वार्को सडकखण्ड १ वर्षदेखि ढल विस्तार गर्ने क्रममा अलपत्र रहेको छ । यस्तो अलपत्र पारिएको सडकखण्डमा स्थानिय पैदलयात्री, बिरमी, गर्भवती महिला, विद्यार्थीहरुले बाटो हिड्दा निकै सास्ती खेप्नु परेको छ भने उक्त सडकखण्डमा सवारी दुर्घटनाको सम्भावना पनि उत्तिकै रहेको छ । महालक्ष्मी वडा नं ५ का वडा अध्यक्ष राजकुमार सिल्वालसँग उक्त कुरा बुझ्दा, दिनहुँ परिरहेको पानीका कारण निर्माण कार्यमा अवरोध भएको बताए । तर स्रोतका अनुसार स्थानिय तह, प्रदेश सरकार र नगरपालिकाबिच समन्वय नभएकाले निर्माण कार्यमा ढिलाई भएको जनाइएको छ ।