• गृहपृष्ठ
  • पहिरोले पु¥याएको क्षतिको विवरण सङ्कलन गर्न समिति गठन

पहिरोले पु¥याएको क्षतिको विवरण सङ्कलन गर्न समिति गठन

Sep 20th, 2019

चरिकोट, ३ असोज (रासस)

दोलखाको गौरीशङ्कर गाउँपालिका जुँगुमा पहिरोले पु¥याएको क्षतिको  विवरण सङ्कलनका लागि समिति गठन गरिएको छ । 
गौरीशङ्कर गाउँपालिका वडा नं १ र २ जुँगुमा साउन १७ गते गएको पहिरोले मानवीय तथा ठूलो मात्रामा भौतिक क्षति पु¥याएकामा हालसम्म क्षतिको यकिन विवरण सङ्कलन हुन नसकेले सहायक प्रमुख जिल्ला अधिकारी नवराज ढकालको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो  ।

सो समितिमा जलस्रोत तथा सिँचाइ डिभिजन, वन, भू–संरक्षण तथा जलाधार कार्यालयका प्रतिनिधि पनि सदस्य छन् । समितिले सो स्थानमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन गरी एक साताभित्र जिल्ला विपद् व्यवस्थाप समिति र प्रदेश सरकारलाई प्रतिवेदन पेश गर्ने भएको छ । जुँगुमा गत साउन १७ गते आएको वर्षासँगै पहिरोमा परी दुईको ज्यान जानाका साथै सिङ्गो गाउँ नै विस्थापित भएको थियो । पहिरोपीडितका लागि हालसम्म विभिन्न निकायबाट रु १५ लाख १८ हजार रकम सङ्कलन भइसकेको वडा नं २ का वडाध्यक्ष वसन्त कार्कीले बताउनुभयो । 

एकीकृत बस्तीको पहल 

पहिरो पीडितको समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्नका लागि एकीकृत बस्ती निर्माणको पहल थालिएको छ । जुँगु पहिरोपीडितको पुनःस्थापना तथा एकीकृत बस्ती निर्माणका लागि स्थानीय भरत खड्काको संयोजकत्वमा गठन गरिएको जग्गा व्यवस्थापन समितिले पेश गरेको प्रतिवेदनका आधारम उपयुक्त स्थान खोजी गरी विस्थापितहरुका लागि एकीकृत बस्ती निर्माण गरिने प्रदेशसभा सदस्य विशाल खड्काले बताउनुभयो ।