• गृहपृष्ठ
  • समुदाय- प्रहरी साझेदारी अन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्यक्रम सम्पन्न

समुदाय- प्रहरी साझेदारी अन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्यक्रम सम्पन्न

Sep 20th, 2019

चितवन, ३ असोज
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय भण्डाराको आयोजनामा ‘प्रहरीसँगग एक दिन’ कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा राप्ती नगरपालिका-२ गडयौलीस्थित बुद्ध शान्ति माविका शिक्षक तथा बिद्यार्थीहरुलाई ईलाका प्रहरी कार्यालय भण्डारा अन्तर्गत शान्ति सुरक्षाको अवस्था लगायतका बारेमा जानकारी प्रदान गराइएको थियो । साथै उक्त कार्यालयको स्थलगत भ्रमण, अवलोकन गराउनुका साथै साइबर सुरक्षा, लागूऔषध विरुद्ध कानुनी व्यवस्था र रोकथामका सम्बन्धमा प्रशिक्षण समेत दिइएको थियो ।