• गृहपृष्ठ
  • लागुऔषध बिक्री वितरण गरेको अभियोगमा पक्राउ

लागुऔषध बिक्री वितरण गरेको अभियोगमा पक्राउ

Sep 20th, 2019

धनगढी, ३ असोज (रासस)

कैलालीको लम्की चुहानगरपालिकामा लागुऔषध र प्रतिबन्धित औषधि बिक्री वितरण गरेको अभियोगमा स्थानीय एक स्वास्थ्य क्लिनिकका सञ्चालकलाई आज पक्राउ गरिएको छ । 
   
नगरपालिका–४ को लक्ष्मी स्वास्थ्य क्लिनिकमा लागुऔषधि बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले क्लिनिकका सञ्चालक मेसककुमार चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । उक्त क्लिनिकबाट ठूलो परिमाणमा लागुऔषध तथा प्रतिबन्धित औषधि बरामद गरिएको छ ।  
 
नेपाल–भारतबीचको खुला सीमाको फाइदा उठाउने व्यक्ति÷समूहले लागुऔषध जिल्लामा भित्र्याएर यसको कारोवार गर्दा विभिन्न खाले चुनौती देखिन थालेको छ ।