• गृहपृष्ठ
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

Sep 20th, 2019

काठमाडौं,३ असोज

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने लाजिम्पाटस्थित शिखर ईन्टरनेशनल म्यानपावरमा काम गर्ने तार्केश्वर नगरपालिका-२ बस्ने ३७ वर्षीया पद्मा जोशीलाई काठमाडौं महानगरपालिका-२ लाजिम्पाटबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त म्यानपावरले वैदेशिक रोजगारीमा बिभिन्न मुलुकमा पठाउने गरेको र कतार प्रहरीमा डिमाण्ड छ, मासिक तलब ६ हजार रियाल हुन्छ भनि जोशीले आफ्नो बैंक खातामा करिब ६ लाख रुपैयाँ जम्मा गर्न लगाई तोकिए भन्दा बढी रकम लिई ठगी गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जोशीलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।