धम्की दिई रकम माग गर्ने पक्राउ

Sep 20th, 2019

काठमाडौं, ३ असोज
बिभिन्न ब्यापारी, ब्यवसायी तथा सर्वसाधारणलई धम्की दिई रकम माग गर्ने काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ सिन्धुकोटका ३३ वर्षीय केदार खतिवडालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(६ चुच्चेपाटीबाट उनलाई फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।