• गृहपृष्ठ
  • कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

Sep 20th, 2019

सिन्धुपाल्चोक, ३ असोज
कुटपिट गरी हत्या गरेको अभियोगमा भोटेकोशी गाउँपालिका-१ बगाम बस्ने कान्छी भन्ने ४७ वर्षीया निमा लम्मु शेर्पालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

लेनदेनको बिषयमा उनले सोही स्थान बस्ने ६५ वर्षीय तेम्बा शेर्पालाई कुटपिट गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाह्रविसे र प्रहरी चौकी फुल्पिङकट्टीबाट खटिएको प्रहरीले निमालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।