• गृहपृष्ठ
  • ड्रोन आक्रमणमा १८ सर्वसाधारणको मृत्यु

ड्रोन आक्रमणमा १८ सर्वसाधारणको मृत्यु

Sep 20th, 2019

जलालाबाद, अफगानिस्तान, ३ असोज (रासस /सिन्हवा)
 
अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका स्थानलक्षित बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी १८ अफगान नागरिकको मृत्यु भएको छ । 
यस घटनामा अन्य ६ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता मबारिज अतालले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । 

यो कारबाही बाजिर ताङगी क्षेत्रमा नेटोआवद्ध सैनिकबाट भएको बताइएको छ । आइएस लक्षित यस कारबाहीमा दुर्भाग्यबस सर्वसाधारण परेका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।  यस कारबाहीको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।