• गृहपृष्ठ
  • सहकारीबाट चोरी गरी लगेको सेफ सहित दुई व्यक्ति पक्राउ

सहकारीबाट चोरी गरी लगेको सेफ सहित दुई व्यक्ति पक्राउ

Sep 17th, 2019

काठमाडौ, भदौ ३१
सहकारीबाट रकम चोरी गरी लगेको सेफ सहित दुई व्यक्ति पक्राउ परेकाछन ।  विगत केही समय देखिकाठमाडौं उपत्यकाभित्र रहेका बिभिन्न सहकारी तथा बित्तिय संस्थाहरुको ढोका फोडि सेफ लगायत नगद चोरी गरि लाने कार्यमा संलग्न रहेका बिभिन्न मानिसहरुको खोजि गर्ने क्रममा यही भदौ २५ गते बिहान काठमाडौ जिल्लाको का.म.न.पा. वडा नं ३२ पेप्सिकोला टाउन प्लानिङमा रहेको हर्षित बचत तथा ऋण सहकारी सस्थाको मुल ढोका फोडी सहकारी सस्थाको कोठामा रहेको फलामको ८५ के.जि. बराबरको सेफ तथा उक्त सेफमा रहेको नगद सात लाख ८९ हजार नौ सय ९२ रुपैयाँ चोरी भएको थियो ।

यसैगरी उक्त सहकारीबाट बिभिन्न ब्यक्तिका कागजात लगायतका महत्वपुर्ण सर सामान चोरी गर्ने कार्यमा संलग्न रहेका निम्न मानिसहरु लाई चोरी गरि लगेको फलामको सेफ तथा सेफ फोड्न प्रयोग गर्ने फलामको रड, नगद ५३ हजार रुपैयाँ सहित यही भदौ ३० गते चोरी कार्यमा संलग्न दोलखा घर भई काठमाडौ बस्ने १८ बर्षिय सुनिल थापा मगर र दोलखा कै दोरम्बा घर भई काठमाडौ बस्ने २१ बर्षिय दान बहादुर थापामगर पक्राउ परेका हुुन ।  
महानगरी अपराध महाशाखाका अनुसारा पक्राउ परेका ति व्यक्तिहरुलाई थप अनुुसन्धान र कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाईएको छ ।

पक्राउ परेका व्यक्तिहरुको साथबाट चोरी गरि लगेको सेफ (हाल काटिएको अवस्थामा फेला परेको) थान १ थान, फलामको  ४ फिट २ ईन्चको गल थान १, मोवाईल थान १, नगद रु ५३ हजार र चोरी गर्दा प्रयोग भएको कपडा एक जोर बरामद गरिएको प्रहरीले जनाएको छ ।