• गृहपृष्ठ
  • एनसीसी बैंकद्धारा टिच फर नेपाललाई सहयोग

एनसीसी बैंकद्धारा टिच फर नेपाललाई सहयोग

Sep 17th, 2019

काठमाडौं, ३१ भदौ 
नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) ले टिच फर नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अर्न्तगत उक्त संस्थालाई पाँच लाख रुपैयाँ सहयोग गरिएको हो ।

टिच फर नेपाललाई सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शिता बृद्धि गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत उपलब्ध गराईएको हो । उक्त रकमको चेक एनसीसी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बन्दना पाठकबाट टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।