सिद्धार्थ बैंकको शाखा इनरूवामा

Sep 17th, 2019

काठमाडौं, ३१ भदौ 
सिद्धार्थ बैंकले सुनसरीको इनरूवामा नयाँ शाखा खोलेको छ । बैंकका अनुसार सोमबार उक्त शाखा खोलिएको हो । उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमी माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ ।

बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गदै आएको छ । सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखा सहित बैंकले देशभर एक सय ६७ वटा शाखा (चार वटा एक्स्टेन्सन् काउन्टर सहित), एक सय एक वटा शाखारहित बैंकिङ्ग सेवा, एक सय ८२ वटा एटिएम काउन्टर र १५ सय भन्दा बढी पस मेसिनमार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दे आएको छ ।