• गृहपृष्ठ
  • नेपाल इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर भोजपुर

नेपाल इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर भोजपुर

Sep 17th, 2019

काठमाडौं, ३१ भदौ 
नेपाल इन्भेष्मेन्ट बैकले भोजपुरको च्याङ्ग्रेमा पनि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । दुुर्गम क्षेत्रमा पनि वित्तीय सेवा उपलब्ध गराउने उदे्श्य अनुरुप बैंकले प्रदेश नम्वर १ अन्र्तगतको सो क्षेत्रमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । 

यो समेत गरी बैंकको कुल एक्सटेन्सन काउन्टरको सख्या १५ औं पुुगेको छ । हाल देशको सबै क्षेत्रमा गरी ८२ वटा शाखा, एक सय २० वटा एटिएम, १५ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्वर संकलन काउन्टर र ५४ वटा शाखा रहित बैंकिङ सेवा मार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको बैंकल छ ।