• गृहपृष्ठ
  • सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता अभियान

सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता अभियान

Sep 17th, 2019

काठमाडौं ३१ भदौ 
सेञ्चुरी कमर्सियल बैंकले थाहा नगरपालिकालाई लक्षित गरेर टिष्टुङ्ग बज्रबाराहीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा मुख्य विषयवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त सम्बन्धी जानकारी दिएको थियो । उक्त कार्यक्रममा एक सय ५० जनाभन्दा बढीको सहभागी थियो । 

सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुंच बढाउन गाउंगाउसम्म वित्तीय साक्षरता अभियान बैंकले सुरु गरिरहेको र आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत अन्य स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।