• गृहपृष्ठ
  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

Sep 17th, 2019

काठमाडौं, ३१ भदौ 
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तगर्त प्रदेश नं ३, ललितपुर महानगरपालिका वडा नं ७ ग्वार्कोमा सन्चालित क्वेष्ट इन्टरनेशनल कलेज अन्तगर्तको क्वेष्ट सोसियल क्लवका विधार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको हो । 

बैंकको सहकार्यमा क्वेष्ट अन्तगर्तको क्वेष्ट सोसियल क्लवका विधार्थीहरुद्धारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफाई क्रार्यक्रम र कलेज प्राङ्गण मा रक्तदान क्रार्यक्रम, दाँत तथा आँखाको निःशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेहिकाख लाई आवश्यक समाग्री सहयोग प्रदान गरेको छ । यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै बैकले जानकारी दिएको छ ।