सुदूरपश्चिममा भूकम्पको धक्का

Sep 16th, 2019

बैतडी, ३० भदौ (रासस)
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ ।  नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४।४ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिनुभयो । 

भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा महसुस गरिएको छ ।