• गृहपृष्ठ
  • यो वर्ष के के गर्ने योजना बनाउँदैछन्, कुलमान घिसिङ ?

यो वर्ष के के गर्ने योजना बनाउँदैछन्, कुलमान घिसिङ ?

Sep 16th, 2019

काठमाडौं, ३० भदौ 
लोडसेडिङको अन्त्य गरेपछि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले के गरिरहेका छन् भन्ने सबैको चासो छ । उनले अब गुणस्तरीय विद्युत वितरण प्राधिकरणको प्राथमिकता रहेको बताएका छन् । कार्यभार सम्हालेको ३ वर्ष पुरा भएपछि आइतबार उनले पत्रकार सम्मेलन गर्दै आगामी एक वर्षको कार्ययोजना पेश गरेका छन् । जसमा  उत्पादित विद्युत निर्यात गर्नेदेखि हरेक प्रदेशमा स्वायत्त प्रदेश विद्युत वितरण संस्था खोल्ने योजना बनाएका छन् ।

‘विगतमालोडसेडिङ अन्त्य गर्न मुख्यध्यान केन्द्रित गरेको प्राधिकरणले अब ग्राहकको सन्तुष्टीलाई केन्द्रविन्दुमा राखी सोहीअनुसार प्रसारण तथा वितरण लाइन र सबस्टेसनको सुदृढीकरण र विस्तारलाई अभियानकै रुपमा अगाडि बढाउने छ । ’ घिसिङले भने ।

बिजुलीको बिल तिर्न लाइन लाग्नुपर्ने बाध्यता हटाई सहजै अनलाईन तथा एकीकृत भुक्तानी प्रणाली सुविधा उपलब्ध गराउने बताएका छन् । ‘प्राधिकरणले अब जलाशययुक्त र अर्धजलाशययुक्तजलविद्युतआयोजनाहरुलार्ई गेम चेन्जर आयोजनाको रुपमा अगडि बढाउने छ ।’ घिसिङले भने ।  

उनका आगामी योजना निम्न छन् :

सुशासन
● संस्थागत सुशासनलाई कठोरता साथ लागू गरिने छ, भ्रष्टाचार नियन्त्रणमा सून्य सहनशीलताको नीति अबलम्बनगर्दै प्राधिकरणका क्रियाकलापलाई थप जिम्मेवार, पारदर्शी र जवाफ देही बनाइने छ ।
● मिटर रिडिङका लागिग्राहकको घरघरसम्म जानु पर्ने हालको व्यवस्थालाई अन्त्य गर्न स्मार्ट मिटर जडान गरी टेलिफोन सेवामाजस्तै स्वचालित विलिङ लागू गरिने छ ।
● प्राधिकरणको आन्तरिक प्रणाली र सेवा प्रवाहमा आधुनिकएवं नविनतम् सूचना प्रविधिको प्रयोग गरी ‘डिजिटल एनईए’ बनाइने छ । इन्टरप्राइजेज रिसोर्स प्लानिङ (इआरपी) प्रणाली लागू गरिने छ ।

संस्थागत विकास
● प्राधिकरणको वित्तीय अवस्था सुदृढ गर्नका लागि सञ्चालन खर्चमा न्यूनीकरण, स्वःउत्पादन वृद्धि, विद्युत चुहावट घटाउँदै विद्युतको बिक्री परिमाण बढाउने लगायतउपलब्ध स्रोतको अधिकतम परिचालन गर्ने ।
● नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत प्राधिकरणको दोस्रो वित्तीय पुर्नसंरचनामा भएको व्यवस्था र प्राधिकरण ऐनमा भएको व्यवस्था अनुसार प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधारणका लागि निश्कासन गर्न आवश्यक पहल गर्ने । 
● प्राधिकरण होल्डिङ संस्थाको रुपमा रहने गरी हरेक प्रदेशमा स्वायत्त प्रदेश विद्युत वितरण संस्था खोलिने छ ।

वितरण तथा विद्युतीकरण
२०७९ भित्रमा सबै नेपालीको घरमा विद्युत्को पहुँच पु¥याउने सरकारको महा अभियानलाई साथदिन र उपभोक्तालाई सुरक्षित, पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिकालागि हरसम्भव प्रयास गरिने छ । यसका लागि वितरण प्रणाली संजालको विस्तार गरिने छ ।

स्थानीयतहलाई क्रमिक रुपमा शतप्रतिशत विद्युतीकरण भएको घोषणा कार्यक्रम अभियानकै रुपमा चलाइने छ । चालु आवमा राष्ट्रिय ग्रिड नपुगेका रुकुमपूर्व, कालिकोट,जुम्ला र बाजुरामाग्रिड पुर्याइने छ । ४० जिल्लालाई पूर्ण विद्युतीकरण गरिने छ ।

● देशैभरि स्मार्ट मीटर जडान कार्य ंगरिनेछ । वितरण प्रणालीलाई स्वचालित बनाउन कार्यक्रम अगाडि बढाईने छ ।
● आगामी दशवर्षमा दशहजार मेगावाट खपत गर्न सक्ने गरी वितरण प्रणालीको विस्तार एवं स्तरोन्नति गरिनेछ ।

माग व्यवस्थापन
● विद्युत खपतको दायरालाई विस्तार गरिने छ । विद्युतीय यातायातका लागि चार्जिङ स्टेसन स्थापना, विद्युतीय चुलो जस्ता विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गरिने छ ।
● ऊर्जा दक्षता कार्यक्रमलाई अभियानकै रुपमा संचालन गरिने छ । ऊर्जा दक्षता भएका लीड चिम, पङ्खा, क्यापासिटर बैंक, पानी तान्ने मोटरलगायतका उपकरणहको प्रयोगमा व्यापकता ल्याई ऊर्जाको उच्चमाग व्यवस्थापन गरिने छ ।

चुहावट नियन्त्रण
● प्राधिकरणमा रहेको प्राविधिक र गैरप्राविधिक चुहावटका नियन्त्रणलाई निरन्तरा दिइने छ । चालु आवमाविद्युत् चुहावटलाई १२ प्रतिशतमा झार्ने लक्ष्यका साथ कार्यक्रम संचालन गरिने छ ।

उत्पादन
● जनताको जलविद्युत कार्यक्रम अन्तर्गत १०६० मेगावाटको माथिल्लो अरुण र ९९.६ मेगावाटको तामाकोसी पाँचौ जलविद्युत आयोजनामा ४९ प्रतिशत साधारण सेयर सर्वसाधारणको सुनिश्चित बनाई स्वेदशी वित्तीय संस्था र अन्तराष्ट्रिय वहुपक्षीय विकास साझेदारको सुहलियतपूर्ण ऋण रहने मोडलमा वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइने छ । ६३५ मेगावाटको दूधकोसी आयोजनाको पनि वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइने छ । साथै उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना (८२५ मेगावाट), चैनपुर सेती (२१० मेगावाट) लगाएत चिलिमे अन्तर्गत करिव ४२५ मेगावाटका जलविद्युत आयोजनाहरु अगाडि बढाईनेछ ।
● ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन र निजी क्षेत्रका आयोजनाबाट चालू आवमा करिब १००० मेगावाट विद्युत प्राणालीमा थपिने गरी काम अगाडि बढाइने छ ।
● २५ मेगावाटको ग्रिडमा आवद्ध सौर्य ऊर्जा परियोजनाको निर्माण सम्पन्न गरिने छ ।

प्रसारण
● सिंगटी— लामोसाँघु,सोलु करिडोर,दाना—कुश्मा,दोर्दी करिडोर, भरतपुर—बर्दघाट,मस्र्याङदी—काठमाडौं, चिलिमे —त्रिशूली, समुन्द्रटार—त्रिशुली ३ वीहव, कोसी करिडोर (इनरुवा—तुम्लिङटार खण्ड) प्रसारण लाइनको निर्माण चालू आवमा सम्पन्न गरिने छ ।

● ढल्केबरमा निर्माणाधीन ४०० केभीको उच्चक्षमताको सबस्टेसन चालु आ.वमा निर्माण सम्पन्न गरी संचालनमाल्याइने छ ।
● देशैभरका प्रसारण सबस्टेसनहरुलाई स्वचालित गरिनेछ ।
● नेपाल र भारत बीचका विभिन्न अन्तरदेशीय प्रसारण लाइनहरु योजनाबद्ध रुपमा निर्माण गरिने छ, बुटवल—गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइननिर्माण मोडलको टुंगो लगाई निर्माण अगाडि बढाइने छ । साथै चालु आ.व.मा रुपन्देहीको मैनहीयादेखि उत्तर प्रदेश राज्यको सम्पतियासम्मको १३२ के.भी. प्रसारण लाईनको निर्माण शुरु गरिनेछ । कुशाहा–कटैयाको दोस्रो सर्किट लाईन निर्माण शुरु गरिनेछ ।
● न्यू बुटवल–अत्तरीया (कन्चनपुरको दैजी) ४०० के.भी. लाईनको विस्तृत अध्ययन पूरा गरी निर्माण प्रकृया अगाडी बढाईने छ । अन्य ४०० के.भी. लाइनहरुको अध्ययन गरिने छ ।
● नेपालको रातमाटे र चीनको केरुङसम्मको ४०० केभीक्रस बोर्डर प्रसारण लाइनको नेपालतर्फको सम्भाव्यताअध्ययन सम्पन्न गरी निर्माण अगाडि बढाउन आवश्यकपहल गरिने छ ।