• गृहपृष्ठ
  • प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

Sep 16th, 2019

भक्तपुर, भदौ ३०
प्रहरीलाई नगद एक हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर दुवाकोट बस्ने दोलखा मेलुङ गाउँपालिका २ का २६ वर्षीय गोपाल थापा मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित गोपालको भट्टी पसल राति अबेरसम्म संचालन गरेको फेला पारी महानगरीय प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले पसल बन्द गराउन खोज्दा उक्त नगद दिई प्रलोभनमा पार्न खोजेकोले उनलाई प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।