४ तोला सुन तथा नगद चोरी

Sep 16th, 2019

काठमाडौं, ३० भदौ
बुढानिलकण्ठ नगरपालिका-१२ कपन तेन्जिङ चोक डेरा गरी बस्ने काभ्रे भोषले गाउँपालिका-३ का ४२ वर्षीय हरिबहादुर तामाङको कोठाबाट आइतबार साँझ कोही नभएको अवस्थामा करिब ४ तोला सुनका विभिन्न गहना र नगद १ लाख २६ हजार रुपैयाँ समेत गरी करिब ४ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।