कैलालीबाट ३ थान भरुवा बन्दुक बरामद

Sep 16th, 2019

कैलाली, ३० भदौ
गौरीगंगा नगरपालिका-६ स्थित आनन्द सामुदायिक वनबाट आइतबार साँझ ३ थान भरुवा बन्दुक बरामद भएको छ ।  ईलाका वन कार्यालय चौमालाबाट वन रक्षकको गस्ती टोलीले गस्ती गर्दै जाँदा चोरी शिकारी गर्ने अपरिचित ४र५ व्यक्तिहरुले  देख्नासाथ उक्त बन्दुक फाली फरार भए पश्चात उक्त बन्दुक बरामद भएको हो  । 

घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।