• गृहपृष्ठ
  • भारततर्फ तस्करी गर्न लागिएका सात गाईगोरुसहित एक जना पक्राउ

भारततर्फ तस्करी गर्न लागिएका सात गाईगोरुसहित एक जना पक्राउ

Sep 16th, 2019

जलेश्वर, ३० भदौ 
नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका सात गाईगोरुसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ का १९ वर्षीय नजाम अंसारी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । 

प्रहरी चौकी रघुनाथपुरको टोलीले अंसारीलाई सोनमा गाउँपालिका–३ बाट गाईगोरुसहित नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक कारवाहीका लागि छोटी भन्सार कार्यालय सम्सीको जिम्मा लगाइएको छ । रासस