• गृहपृष्ठ
  • रौहानी–ट्रम्प भेटवार्ताको कुनै योजना नरहेको इरानको भनाई

रौहानी–ट्रम्प भेटवार्ताको कुनै योजना नरहेको इरानको भनाई

Sep 16th, 2019

तेहरान, ३० भदौ 
इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तत्काल कुनै भेटवार्ताको सम्भावना नरहेको जनाएको छ ।

संयुक्तराष्ट्र संघको महासभाका अवसरमा दुबै नेताबीच न्यूयोर्कमा भेटवार्ता हुनसक्ने अडकलबाजी गरिएको भए पनि वार्ताको कुनै योजना नरहेको इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसबीले बताउनुभयो ।

इरानी सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रबक्ता मौसबीले भन्नुभयो– हामीले वार्ताको कुनै योजना पनि बनाएका छैनौं, र मेरो विचारमा न्यूयोर्कमा भेटघाट हुने कुनै सम्भावना छैन ।
केहीअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी राष्ट्रपतिसँग न्यूयोर्कमा भेटवार्ता हुनसक्ने बताउनुभएको थियो । (रासस/एएफपी)