• गृहपृष्ठ
  • सुजल फूड्सको नयाँ ‘चोकोफन रोल्स’ बजारमा

सुजल फूड्सको नयाँ ‘चोकोफन रोल्स’ बजारमा

Sep 16th, 2019

काठमाडौं, ३० भदौ 
सुजल फुड्स प्रा. लि.ले वाफर रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ । चोकोफन रोल्स नेपालमै पहिलो पटक उत्पादन भएको बकेड वेफर रोल्स हो । या रोल्सको बाहिरी भाग अत्यन्तै क्रिस्पी र भित्री भाग क्रिमी रहेको कम्पनीले जनाएको छ । यो स्ट्रबेरी, भेनिल्ला र कोकोनटको स्वाद रहेको छ ।

कम्पनीका अनुसार यस रोलस् चिया, कफीसँग पनि खान सकिन्छ । अन्तर्राष्ट्रिय गुणस्तरको स्वादिष्ट फ्लेवर प्रयोग गरि संसारकै अत्याधुनिक वेफर रोल्स उत्पादन प्रविधि तथा अत्याधुनिक मसिनेरीबाट स्वस्थकर वातावरणमा उत्पादित चोकोफन रोल्स गुणस्तरिय रहेको कम्पनीको दाबी छ साथै हरेक उत्पादनमा एकरुपता पाइने बताईएको छ । कम्पनीले चोकोफन रोल्स आकर्षक बक्स प्याकेजिंगमा ल्याएको छ ।

एउटा बक्समा दस पीसको दुईवोटा ट्रे रहेको छ जसलाई मेटालिक वापरले प्याक गरिएको छ । चोकोफन रोलस् उत्पादन भएको मितिले १२ महिना भित्र उपभोग गर्न मिल्ने कम्पनीले छ । १०० ग्रामको बक्सको चोकोफन रोल्स मात्र एक सय २० रुपैयाँमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

कम्पनीले यसले उपभोक्ताको मनजित्ने र उनीहरु माझ लोकप्रिय हुने पूर्ण विश्वास लिएको बताएको छ । सुजल फुड्स प्रा.लि. ले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आफ्ना विभिन्न उत्पादनहरु अन्तर्राष्ट्रिय बजारमा विक्री वितरण गर्दै आएको छ । यस नयाँ उत्पादनलाई पनि छिट्टै नै अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने लक्ष्य राखेको कम्पनीले जानकारी दिएको छ ।