• गृहपृष्ठ
  • सानिमा बैंक लिमिटेड र यु.के.एडको सक्षमबीच सम्झौता

सानिमा बैंक लिमिटेड र यु.के.एडको सक्षमबीच सम्झौता

Sep 16th, 2019

काठमाडौं, ३० भदौ 
सानिमा बैंक लिमिटेड र यु.के.एड-सक्षमबीच कृषि कर्जा प्रबद्र्धन गर्नको लागि यही भदौ ३० गते समेबार गते सानिमा बैंक लिमिटेडको प्रधान कार्यालय नक्साल काठमाण्डौमा सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

यो परियोजनाको मुख्य उद्देश्य कृषि क्षेत्रमा कर्जा विस्तार गर्नको लागि आवश्यकीय संरचना स्थापना गर्ने,आवश्यक अध्ययन गर्ने र यस संग सम्बन्धित नीति तथा कार्य योजना बनाइ लागु गर्ने संस्थाले जनाएको छ । यसका लागि सानिमा बैंकका शाखाहरुबाट कृषि क्षेत्रमा धेरै भन्दा धेरै कर्जा प्रदान गर्न आवश्यक पर्नेसाधनसक्षमसंगको सहकार्यमा परिचालन गरिनेछ ।

यो परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्र्तगत संचालन गर्न लागिएको हो जुन नेपाल सरकार र यु.के. सरकारको सम्झौता अनुरुप यु.के. एडको आर्थिक सहयोगमा संचालित कार्यक्रम हो । सानिमा बैंकका सात वटै प्रदेशमा गरी हाल ७९वटा शाखा,१ एक्सटेन्सन काउन्टर र ७५ वटा ए.टि.एम. रहेका छन् ।