• गृहपृष्ठ
  • लक्ष्मी बैंक र लक्ष्मी केयरस्द्वारा दिग्गजमा समर्पित वार्षिक कार्यक्रमको आयोजना

लक्ष्मी बैंक र लक्ष्मी केयरस्द्वारा दिग्गजमा समर्पित वार्षिक कार्यक्रमको आयोजना

Sep 16th, 2019

काठमाडौं, ३० भदौ 
लक्ष्मी बैंक र लक्ष्मी केयरस्ले संयुक्तरुपमा नेपालका प्रतिष्ठित गायक  दीप श्रेष्ठको सांगितीक यात्राको ५० वर्षको अवसरमा कोष स्थापनाको लागि सांगितीक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाली गीत,संगीतसँग सम्बन्धित विभिन्न सर्जक, पारखी एवं संगीतकारहरुको उपस्थिति रहेको थियो ।

कोष स्थापनाको लागि आयोजना गरिएको यस कार्यक्रमबाट संकलन भएको रकम सम्पदा सूचीमा परेका दुई वटा स्थानहरु लागि विद्युतीय सवारी साधनको व्यवस्थामा प्रयोग गरिने छ । यी विद्युतीय गाडीको प्रयोग बृद्ध एवं शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि निःशुल्करुपमा प्रयोग गरिने बैंकले जनाएको छ । कार्यक्रम सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको थियो । यस कार्यक्रम सँगै लक्ष्मी केयर्सले वार्षिक शृंखलाको रुपमायस्तो कार्यक्रम संचालान गर्नेछ । 

लक्ष्मी क्येरस्को बारेमा
लक्ष्मी केयर गत १४ वर्षदेखि निरन्तर रुपमालक्ष्मी बैंकका कर्मचारीहरुले सञ्चालन गर्दै आएको एक सामाजिक संस्था हो । यसले आफ्नो स्थापनावर्षदेखि ग्रिन इनिसिएटिभ, नारी शिक्षा तथा वित्तीय साक्षरता जस्ता क्षेत्रहरुमा सक्रीयरुपमा कार्य गर्दै आइरहेको छ । यस संस्थाअन्तर्गत लक्ष्मी केयरले गढीमाई मन्दिर, चण्डेश्वरी मन्दिर, पाटन दरबार क्षेत्र, बागमती पुल, सिहंदरबार तथा विभिन्न स्थानहरुमा सौर्य बत्तिहरुको जडान र पशुपतिनाथ मन्दिरमा इलेक्ट्रीक गाडीको व्यवस्था गरेको संस्थाले जनाएकाे छ ।