• गृहपृष्ठ
  • प्राईम कर्मसियल बैंकद्धारा कन्काईलाई प्राप्ती गरी एकीकृत कारोवार सुरु

प्राईम कर्मसियल बैंकद्धारा कन्काईलाई प्राप्ती गरी एकीकृत कारोवार सुरु

Sep 16th, 2019

काठमाडौं, २९ भदौ 
प्राइम कमर्सियल बैंक लिमिटेडले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चातको एकीकृत कारोबार शुभारम्भ गरेको छ । आज आईतबार एक समारोह बीच प्राईम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चातको एकीकृत कारोबार आरम्भ गरेका हुुन् । प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्रदाश श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर तथा दुबै बैंकका संचालकहरु र बैंककाक र्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले विभिन्न वित्तिय संस्थाहरुलाई मर्जर तथा प्राप्ति समेत गरी आफ्नो पूँजी बढाउने योजना अन्र्तगत कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति गरेको हो  । यी दुई बैंकहरुको प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी नौ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ भने निक्षेप ८८ अर्ब तीन करोड रुपैयाँ र कर्जा ८० अर्ब २८ करोड रुपैयाँ पुगेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा  संख्या ९५ पुगेको छ ।