• गृहपृष्ठ
  • क्यानडाको उच्च बेबि ब्राण्ड ‘बेबि लभ’ अब नेपालमा

क्यानडाको उच्च बेबि ब्राण्ड ‘बेबि लभ’ अब नेपालमा

Sep 15th, 2019

काठमाडौं, २९ भदौ 
क्यानडामा बच्चाहरुको निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड बेबि लभको अब नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता आईएमएस गुुप अन्र्तगत आईएमएस लिटिल स्माईल कम्पनीले बेबिलभको सामाग्रीहरु भित्र्याएको छ ।

साना बच्चाहरुका लागि कम्पनीको आफ्नै सोरुम आईएमएस लिटिल स्माईल सिटी सेन्टर, कमलपोखरी स्थित छ । आफ्नो अमूल्य ग्राहकहरुका लागि उत्कृष्ट अन्र्तराष्ट्रिय बेबी ब्राण्डहरु जस्तै डा. ब्राउन्स, क्र्यान, हिमालयन बेबि केयरका साथसाथै बेबिलभका प्रायजस्तो सामानहरु नेपालमा पहिलो पटक सोरुममा उपल्ब्ध रहेको कम्पनीले जनाएको छ । 

क्यानडियन ब्राण्ड बेबिलभले बच्चाहरुलाई फिडिङ, ग्रोमिङ, बाथ टाईम, आउटडोर्स लगायतको गुणस्तरीय उत्पादनहरु प्रदान गर्नेछ जसले बच्चाहरुको जिवन सरल बनाउन मद्दत गर्नेछ बेबिलभले गुणस्तरीय उत्पादनहरु प्रदानगर्छ, जुन सुरक्षित टिकाऊ, आकर्षक हुनेछ जसले बच्चाको जीवन सरलकृत गर्दछ ।

कम्पनीले बेबिलभको उत्पादनहरु स्मार्ट डोकोबाट पनि उपलब्ध गराएको छ, जुन नेपालको एक अग्रणी अनलाईन मेगा स्टोर रहेको छ । नेपालमा बच्चाहरुका लागि अर्काे अन्तर्राष्ट्रिय ब्राण्ड बेबिलभको वितरक गर्न पाउँदा हर्षितका साथ साथै गर्व पनि लागेको कम्पनीले जनाएको छ । 

आईएमएस ग्रुुपका अध्यक्ष तथा प्रमुुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले भने, “हाम्रा राष्ट्रका नागरिकहरुलाई अमुल्य सेवा र उत्पादनहरु प्रदान गर्ने हाम्रो दृष्टिकोणको साथ, हामी हाम्रो उपभोक्ताको आवश्यकताहरु पूरा गर्न चाहन्छौं साथसाथै अब देश भित्रनै अन्र्तराष्ट्रिय ब्राण्ड बेबिलका विभिन्न सामानहरु सुलभ तथा सहज ढङ्गमै खरिद गर्न सकिनेछ जसले गर्दा आमउपभोक्ताले प्रिमियम ब्राण्डका सामानहरु खरिद गर्न विदेश जानु पर्ने अवस्थाको पनि अन्त हुने विश्वास हामीले लिएका छौं साथै निरन्तर सुधार र प्रत्येक पक्षमा यहाँहरुको अनुभव बृद्धि गर्दछौं ।”