• गृहपृष्ठ
  • सेञ्चुरी कमर्सियल बैंकद्धारा विद्यालय पोशाक वितरण

सेञ्चुरी कमर्सियल बैंकद्धारा विद्यालय पोशाक वितरण

Sep 15th, 2019

काठमाडौं, २९ भदौ 
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, बनेपा शाखाले विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अर्न्तगत काभ्रे जिल्ला, बनेपा नगरपालिका, वडा नं ९ स्थित संचालनमा रहेको आर्दश बाल विकास केन्द्रका बौद्धिक रुपमा अशक्त भएका ४५ जना विद्यार्थीहरुलाई राष्ट्रिय बाल दिवसको अवसर पारी बिद्यालय पोशाक वितरण गरेको छ ।

विद्यालय पोशाक बनेपा शाखाका शाखा प्रमुख सुकेश शाक्यले विद्यालयमा संचालन गरिएको राष्ट्रिय बाल दिवस कार्यक्रममा ब्यवस्थापन समितिका अध्यक्ष रामकुमार मुल्मीलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता बनेपा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष शेर बहादुर सुवालले गरेका हुन् ।