• गृहपृष्ठ
  • फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको भीड, ४० हजारले गरे अवलोकन

फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको भीड, ४० हजारले गरे अवलोकन

Sep 14th, 2019

काठमाडौं, २८ भदौ 
सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । बुधबारदेखि सुरु भएको एक्स्पोको शुक्रबारसम्ममा ४० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । 

फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालका अनुसार शुक्रबार बेलुकासम्ममा ४० हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन् । ‘विगत वर्षको जस्तै अवलोकनकर्ताको उल्लेख्य सहभागिताले हामी उत्साहित बनेका छौं । ५ दिनमा ७५ हजारभन्दा बढीले एक्स्पो अवलोकन गर्ने विश्वास लिएका छौं ।’ अग्रवालले भने । उनका अनुसार बिहीबारसम्ममा ३० हजारभन्दभ बढीले मेला अवलोकन गरेका थिए । 

फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ । त्यसैगरी यस एक्स्पोलाई नेपाल हस्तकला महासंघ, नेपाल इन्टेरियर डिजाइनर एशोसीएसन र स्पेसेज म्यागजिनको पनि सपोर्ट छ । एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ । 

एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको छ । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको छ ।  किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि एक्स्पोको आकर्षण बन्ने छ । 

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा फर्नेक्स मेलाको आयोजना हुँदै आएको छ । 

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा राजधानीको भृकुटीमण्डपमा जारी एक्स्पोको गत बुधबार उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेका थिए । एक्स्पो भदौ २९ गतेसम्म सञ्चालन हुनेछ । मुलुकभर १० हजार फर्निचर तथा फर्निसिङ व्यवसायीमार्फत ५ लाखभन्दा बढीले रोजगारी पाइरहेका छन् ।