बाल्ट्राको “दशैं ल्यायो” अफर

Sep 14th, 2019

काठमाडौं, २८ भदौ
बाल्ट्रा होम एप्लाइन्सेस्ले चाडवाडको यस अवसरमा “दशैं ल्यायो” नामक योजना नेपाली बजारमा ल्याएको छ । यस योजना अन्तर्गत बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेस्को खरिदमा लक्की ड्र मार्फत ५१ जना भाग्यशाली ग्राहकहरुलाई आकर्षक उपहारहरुका साथै १ वर्षको अतिरिक्त वारेन्टी समेत प्रदान गरिने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार बाल्ट्राको यस दशैं योजनाको लक्की ड्र मा सहभागी हुन र अतिरिक्त वारेन्टी प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो मोबाइलको मेसेज बक्समा गई बिटी स्पेश अनि वारेन्टी कार्डमा भएको सिरियल नम्वर टाईप गरी ३१००७ मा पठाउनु पर्नेछ । सहभागी ग्राहकहरुले बाल्ट्राको ५५” स्मार्ट टि.भी. १ जनालाई, ४०” टि.भी. २ जनालाई, ३२” टि.भी. ३ जनालाई, साउण्ड बार ५ जनालाई, मिक्सर ग्राइन्डर १० जनालाई, राईस कुकर १५ जनालाई र आइरन १५ जनालाई जस्ता आकर्षक उपहारहरु जित्न सक्नेछन् र यो योजना केवल सीमित अवधिका लागि मात्र लागू हुनेछ ।