• गृहपृष्ठ
  • विभिन्न छुटका साथ अटो एभको मन्सुन क्याम्प भदौ २९ देखि

विभिन्न छुटका साथ अटो एभको मन्सुन क्याम्प भदौ २९ देखि

Sep 13th, 2019
Mansoon Camp

काठमाडौं, २७ भदौ
अटो एभ प्रा.लिले सुुजिकी मनसुन क्याम्प आयोजना गर्ने भएको छ । यही भदौ २९ गते देखि ३१ गतेसम्म उक्त क्याम्प चल्ने र क्याम्पमा विभिन्न अफरहरु राखिएको कम्प्नीले जनाएको छ । 

कम्पनीका अनुसार क्याम्पमा ग्राहकहरुले एसडीटी स्क्यानमा ५० प्रतिशत छुट पाउन सक्नेछन् । त्यस्तै पार्ट्स, लुब्रिकेन्टस् र ह्विल अलाइन्मेन्टमा १० प्रतिशत छुट प्राप्त गर्न सकिने र साथै ब्याट्री जाँच, गाडीको जेनेरल जाँच, गाडी वास र एसी जाँच निःशुल्क गरिने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार तीन दिन चल्ने उक्त क्याम्पमा यी सुविधा चाबाहिल स्थित सुजुकीको आधिकारिक सर्भिस सेन्टर अटो एभ .प्रा लिबाट लिन सकिने छन् ।