• गृहपृष्ठ
  • रुग्ण जलविद्युत आयोजनामा सर्वसाधारणले गरेको लगानी अब के होला ?

रुग्ण जलविद्युत आयोजनामा सर्वसाधारणले गरेको लगानी अब के होला ?

Sep 13th, 2019
Hydroelectic Project

काठमाडौं, २७ भदौ 
२५ वटा जलविद्युत आयोजनाका प्रवर्धकले बैंकको ब्याज र किस्ता तिर्न नसक्ने बताउँदै आफ्ना आयोजनालाई रुग्ण घोषणा गरेका छन् । यसरी आयोजना रुग्ण हुँदा बैंकको लगानी त फस्यो नै जनताको लगानी समेत डुब्ने देखिएको छ ।

धितोपत्र बोर्डका अनुसार २५ वटा रुग्ण आयोजनामध्ये ७ वटामा जनताको करिब ५५ करोड १६ लाख रुपैयाँ लगानी रहेको छ । यी आयोजना जोखिममा परेसँगै सेयरमार्फत जनताबाट उठाएको  उक्त रकम समेत  जोखिममा परेको छ । जनताट रकम उठाएर बनाउने यस्ता कम्पनीहरुले सहि ढङ्गले खर्च गरे वा नगरेको नियमन गर्ने कुनै निकाय नै छैन । यस्ता आयोजनाहरुले आफुखुसी ठेक्का लगाउने गरेका छन्  । साथै आफन्त कर्मचारी राख्ने  मात्रै होइन आफ्नो तलब पनि आफुखुसी नै तोक्ने गरेका हुन्छन् ।

देशभर अहिले निजी क्षेत्रबाट लगानी भएका ८३ वटा जलविद्युत आयोजना सञ्चालनमा छन् । वित्तिय अवस्था नाजुक भन्दै केहि जलविद्युत आयोजनाले बैंकको किस्ता र ब्याज नै तिर्न छाडेका छन् । यसरी किस्ता र ब्याज तिर्न छाडेपछि केहि आयोजनाको बैंकले  लिलामी प्रक्रिया नै सुरु गरेका छन् । जनतालाई उच्च  प्रतिफल दिने लोभ देखाएर रकम संकलन गरेका यस्ता प्रवर्धकहरु अहिले सरकारले सम्झौता गरेबमोजिम अनुदान नदिएको र बैंकको ब्याज  उच्च भएका कारण आयोजना सञ्चालन गर्न नसक्ने र यसरी जनताका लगानी जोखिममा पर्ने हो भने आगामी दिनमा जलविद्युत आयोजनाका लागि  लगानी नै नजुट्ने खतरा समेत निम्तीन सक्ने विज्ञहरु बताउँछन्  ।  

सरकारले १० वर्षमा जनताका समेत लगानीमा १५ हजार मेगावाट बराबरको जलविद्युत आयोजना  निर्माण गर्ने लक्ष्य  लिएको छ । अधिकांश जलविद्युत आयोजनाले रिर्टन दिन नसकेका कारण पछिल्लो समय जलविद्युत आयोजनाको सेयर निष्काशनमा आवेदन पर्न नै कमि भएको छ । यी ७ वटा आयोजनामा  जनताको  लगानी डुब्ने हो भने आगामी दिनमा जलविद्युत आयोजनाको सेयरमा आवेदन नै शुन्य पनि हुन सक्छ ।