• गृहपृष्ठ
  • खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

Sep 12th, 2019

झापा, भदौ २६
कन्काई नगरपालिका-२ स्थित धनुषकोटी बस्ने ३२ वर्षीय डम्बर बहादुर राई समेत ३ जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय धन बहादुर राईलाईबुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उक्त स्थानमा ईलामबाट काठ तस्करी गरी ल्याउँदै गरेको भन्ने सुकेडाँगी सामुदायिक वन उपभोक्ता समितिले थाहा पाई गस्ती गर्दै जाँदा तस्करहरुले उपभोक्ता समितिका डम्बर बहादुर समेतका ३ जनालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले १० र १२ क्यु फिट काठ सहित खुकुरी प्रहार गर्ने मध्येका धनबहादुरलाई पक्राउ गरेको हो ।

घाइतेहरूको बिएनसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।