• गृहपृष्ठ
  • निर्माण व्यवसायी अपहरण गरेको अभियोगमा चार जना पक्राउ

निर्माण व्यवसायी अपहरण गरेको अभियोगमा चार जना पक्राउ

Sep 12th, 2019

कास्की, भदौ २६ 
पोखरा महानगरपालिका ६ लेकसाईड बस्ने निर्माण व्यवसायीलाई अपहरण गरेको अभियोगमा पोखरा महानगरपालिका ९ शान्तिवनबाट ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका १५ बस्ने ४२ वर्षीय गौतम थापा, सोही महानगरपालिका २ अर्चलबोट बस्ने ३४ वर्षीय रोहीत सुनार, सोही महानगरपालिका-८ बस्ने ५० वर्षीय बासुदेब पोखरेल र सोही महानगरपालिका १० बस्ने ५४ वर्षीय प्रेम बहादुर थापा रहेका छन् । अपहरणमा प्रयोग गरिएका सवारी साधनहरु सहित प्रहरीले पक्राउ गरेको हो । 

निर्माण व्यवसायीलाई सोही महानगरपालिका-९ नयाँबजारबाट केहीव्यक्तिहरुले जबरजस्ती गाडीमा हाली मोटरसाइकलले स्कटिङ गर्दै अपहरण गरीलगेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले अपरहणमा परेका व्यवसायीलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको  र हाल स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।